राष्ट्रपतिको लोभमा नेपाली काँग्रेस फस्न मिल्दैन : बिजुक्छे

 माघ २३, २०७

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने काँग्रेसले यदि राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरु केही पनि नहुने उनको भनाइ थियो ।

Public Patra Insert into Post

सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले असन्तुष्टि समेत व्यक्त गरे । उनले भने, ‘यो राष्ट्रपतिको लोभले गर्दा सायद नेपाली काँग्रेसले त्यो बाटो अपनाएको हो कि ? साँचो यही हो भने त्यो जस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरु छैन । पदको निम्ति होइन, सिद्धान्तको निम्ति हो, नीतिको निम्ति हो । र, कार्यक्रम घोषणा पत्र हामीले निर्वाचनको बेलामा पाउँछौ नि । त्यो भन्दा तलमाथि जाने गर्नु हुँदैन ।’

उनले भने, ‘जनताले भोट दिएको व्यक्तिलाई साँचो मानेमा त्यो घोषणा पत्रलाई नै मत दिएको हुनाले त्यो भन्दा तलमाथि हामीले गर्न मिल्दैन ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2