पारिश्रमिक नबढाए हड्ताल गर्ने चिया श्रमिकको चेतावनी

 माघ २३, २०७

काठमाडौ- माघ, २३ गते । श्रम ऐनअनुसार ज्याला वृद्धि नभएको भन्दै चिया श्रमिकहरुले आगामी चैतदेखि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ज्याला वृद्धिको माग गर्दै चिया बगानमा हड्ताल गर्ने उनीहरुको भनाइ छ । श्रम ऐन–२०७४ अनुसार प्रत्येक दुई वर्षमा चिया श्रमिकको ज्याला वृद्धि गर्नुपर्ने प्रावधान छ । उक्त प्रावधानअन्तर्गत चालु वर्षको साउनदेखि चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने थियो ।

Public Patra Insert into Post

तर, कोभिडलगायत कारण देखाउँदै उद्योगीले श्रमिकको ज्याला वृद्धि गरेका छैनन् । श्रमिकहरूले भने ज्याला वृद्धिको माग गर्दै गत असोजमा नै लिखित पत्रमार्फत उद्योगीको ध्यानाकर्षण गराएका थिए । ‘ज्याला वृद्धिको कुरा ऐनमै व्यवस्था भएर आएको छ ।

यो वर्षदेखि लागू हुनुपर्ने थियो । उद्योगीले वृद्धि नगरेपछि हामीले असोजमै उहाँहरुको ध्यानाकर्षण गराएका थियौं । तर, कुनै सुनुवाइ छैन,’ नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले भने,‘त्यसैले ज्याला वृद्धिको माग राख्दै चैतदेखि बगान हड्ताल गर्ने तयारीमा छौं ।’ चिया बगानमा काम गर्ने श्रमिकले अहिले दैनिक ४ सय ३५ रुपैयाँ ज्याला पाउँदै आएका छन् ।

यसअघि चिया श्रमिकले ज्याला वृद्धि तथा ऐन कार्यान्वयनको माग गर्दै २०७५ चैत १७ देखि २०७६ बैशाख ३० सम्म चिया श्रमिक आन्दोलनको इतिहासमै लामो आन्दोलन गरेका थिए । ४४ दिनसम्म चलेको उक्त आन्दोलनले चिया क्षेत्र ठप्प बनेपछि नेपाल चिया उत्पादक संघ र आन्दोलनरत ट्रेड युनियनबीच तीन बुँदे सहमति जुटेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2