यतीको विमान दुर्घटनाको कारण यस्तो रहेछ

 माघ २४, २०७

काठमाडौँ — माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुबै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु (सिधा) देखिएको छ ।

फाइनल टर्न गर्नुअघि नै ‘बेसलेग’मा फेदर भइसकेको अनुसन्धानमा देखिएको छ । सिंगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोमा गत साता गरिएको फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसनधान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको उल्लेख छ ।

Public Patra Insert into Post

एक प्रशिक्षक पाइलटका अनुसार एटीआर–७२ विमानको एउटा इन्जिनमा ६ र अर्को इन्जिनमा ६ वटा प्रोपेलर (ब्लेड) हुन्छन् । जहाजलाई उडाउँदा पाइलटले बल दिई अघि बढ्न प्रोपेलरको ब्लेड ककपिटमा रहने लिभरको सहायताले आवश्यकता अनुसार छड्के बनाउँछन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2