उपत्यकाका यि ठाउँमा भेटियो ‘बर्डफ्लु’

 माघ २४, २०७

काठमाडौँ -उपत्यकाको ६ ठाउँमा बर्डफ्लु भेटिएको छ । पशु सेवा विभागका अनुसार ललितपुर १५ स्थित खुमलटार, भक्तपुर- १० चाँगुनारायण, नागार्जुन- ६ रामकोट, तारकेश्वर- १ र ७ र काठमाडाैं महानगरपालिका- १० शंखमुलमा ‘बर्डफ्लु’ भेटिएको हो ।

‘केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १५ देखि २० गतेको बीचमा बर्डफ्लु पुष्टि भएको छ,’ पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भने । बर्डफ्लु नियमावली अन्तर्गत प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रणमा लिइसकेको उनले दाबी गरे ।

Public Patra Insert into Post

ढकालका अनुसार ६ ठाउँबाट ५ सय वटा हास, ५ हजार ५ सय ३१ वटा व्यवसायिक लेयर्स, ७ सय ६२ वटा स्थानीय कुखुरा नष्ट गरिएको छ । त्यस्तै १० हजार २ सय ४५ वटा अण्डा, ५ सय ५० केजी खाना सुरक्षित तवरले नष्ट गरिएको उनले बताए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2