रहेनन कलाकार पदम प्रसाद पौडेल

 माघ २४, २०७

कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । मंगलबार दिउँसो ९२ वर्षको उमेरमा बुढानीलकण्ठ चपलीस्थित निजी निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

लामो समयदेखि दमको रोगबाट पीडित रहेका उनको मंगलबार साँझ पशुपति आर्यघाटमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिँदैछन् । उनी पाँच छोरा र दुई छोरीका पिता थिए ।

Public Patra Insert into Post

यस वर्ष उनी अभिनीत दुई फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘नालापानी’ प्रदर्शनमा आएका थिए ।सन्तोष पन्तले ‘हिजो आजका कुरा’ सिरियलबाट उनलाई अभिनयमा ब्रेक दिएका थिए । उनको पहिलो फिल्म भने ‘हामी तीन भाई’ थियो, जसमा उनले अभिनेत्री रेखा थापाको बुबा बनेर अभिनय गरेका थिए ।

अभिनयमा आउनुपूर्व उनी शिक्षक र पत्रकार थिए ।भारतमा गएर अध्ययन गरेका उनले ६ कक्षामा पढ्दा भारतीय अभिनेता देवानन्दको फिल्म ‘संसार’ ६ पटक हेरेका थिए । उनलाई अभिनयप्रति रुचि त्यही फिल्मबाट पलाएको थियो ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2