कसजू र पाख्रिनलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने

 माघ २५, २०७

चौतारा । सिन्धुपाल्चोकका अग्रज पत्रकार सुरेश कसजू र कान्तिपुरकर्मी पत्रकार कमला पाख्रिनलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

आउँदो फागुन १ गते हुतराज अर्धचन्द्र जनहितकारी संस्था मेलम्चीले इन्द्रेश्वरी माद्यमिक विद्यालयको ४९औं वार्षिकोत्सवमा ५ हजार १ सय रुपैयाँ  राशी रहेको पुरस्कार प्रदान गरिने जनाईएको छ ।

Public Patra Insert into Post

अग्रज पत्रकार एवम् गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्य कसजू हाल भीजन सिन्धु प्रा.लि.बाट प्रकाशित सर्वपक्ष दैनिक, जुगलखबर डटकम र दुःखी प्रकाशनबाट प्रकाशित सिन्धु सन्देश साप्ताहिक प्रकाशन गर्दै आईरहेका छन् । त्यस्तै पाख्रिन कान्तिपूर टेलिभिजनमा जिल्ला सम्वाददाताको रुपमा कार्यरत छिन् ।

शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील ६ पत्रकारलाई सम्मान गरिसकेको छ ।हुतराज अर्धचन्द्र जनहितकारी संस्था मेलम्चीले इन्द्रेश्वरी माद्यमिक विद्यालयको वार्षिकोत्सवको प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आईरहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2