मोलुङ हाइड्रोले फागुन ४ देखि आईपीओ बिक्री खुलाउने

 माघ २५, २०७

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ४ फागुन देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

Public Patra Insert into Post

आफ्नो जारी पुँजीको ८० करोड २५ लाख रुपैयाँको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर सार्वजनिक निष्कासनको अनुमति पाएको थियो ।

सार्वजनिक निष्कासनको लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2