टर्कीमा भूकम्पका कारण मृत्यु हुनेको संख्या११ हजार नाघ्यो,मृतकको संख्या अझै बढ्न सक्ने

 माघ २५, २०७

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ।

टर्कीएमा ८ हजार ७५४ र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन्। टर्कीएमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन्। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ। यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन्।

Public Patra Insert into Post

करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन्। उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन्। भूकम्पबाट अतिप्रभावित १० प्रान्तमा तीन महिने आपतकाल घोषणा गरिएको छ।

अन्तर्राष्ट्रिय समुदायले टर्कीए र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ। बेलायतका नवनियुक्त सत्तारुढ कञ्जरवेटिभ पार्टीका अध्यक्षले टर्कीएको अनुरोधअनुसार थप सहायता उपलव्ध गराउने बताएका छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2