५ बर्ष भित्रमा गुणस्तरीय शिक्षाले मेलम्चीको मुहार फेरीने छ-नगर प्रमुख तामाङ

 माघ २५, २०७

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अबको ५ बर्ष भित्रमा गुणस्तरीय शिक्षाले मेलम्चीको मुहार फेरीने बताउनु भएको छ । नगरपालिका भित्रका सबै शिक्षक, अभिभावक, तथा बुद्धिजिवीहरु संगको सहकार्यमा गुणस्तरीय शिक्षा संचालनको लागि छिट्टैनै कार्यक्रम तर्जुमा गरीने पनि बताउनु भयो । गतबर्ष मेलम्ची बाढीको चपेटामा परेको तेर्से माध्यामिक बिद्यालय तालामाराङको ३२औँ बार्षिकोत्सबको अबसरमा बुधबार उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले शैक्षिक क्षेत्रमा व्यापक सुधार र बिद्यालय प्रति बालबालिकाको आकर्षण बढाउन दिवा खाजा कार्यक्रमलाई नगरपालिकाको आन्तरीक स्रोतबाट कक्षा ८ सम्म थप गरिएको पनि जानकारी दिनुभयो । बिद्यालय दिवा खाजा कार्यक्रमलाई लाइ प्रभावकारि व्यवस्थापन गर्न नियमित अनुगमन लगायतका कार्यका लागि मेलम्ची नगरपालिका र बिश्व खाद्य सस्था सँग सम्झौता गरीएको पनि बताउनुभयो ।

Public Patra Insert into Post

गुणस्तरीय शिक्षाको लागि बिद्यालयहरुलाई आबश्यक पर्ने ल्याव, पुस्तकालय लगायतका सामाग्रीहरु उपलब्ध गराउने कुरामा आफु सकारात्मक रहेको समेत उहाँले बताउनुभयो । सोही क्रममा मेलम्ची नगरपालिकाले आबश्यक भएका विद्यालयमा छात्रा हरुले प्रयोग गर्ने सेनेटरि प्याड डिस्पोज मेसिन उपलब्ध गराउने र नगरपालिका भित्र कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई बजेट स्रोतसाधन ले भ्याए सम्म निशुल्क गर्ने तयारी गरेको बताउनु भएको छ ।

गतबर्ष मेलम्ची बाढीबाट ठुलोक्षति पुगेपनि बिद्यालय बचाउन सफल भएपछि बिद्यालयको आंशिक संरचना पुर्ननिर्माण पश्चात यो बर्ष अभिभावक तथा बालबालिकाहरुले बिद्यालयको ३२ औँ बार्षिकोत्सब हर्सोल्लास सहित मनाएका हुन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2