गायिका शारदा रसाईलीको आवाजमा ‘दिल रानी’ बजारमा ( भिडियो सहित)

 माघ २६, २०७

काठमाडौं : विगत लामो समयदेखि नेपाली गीत संगीतमा निरन्तर लागिपरेकि गायिका हुन् शारदा रसाईली। विशेषगरी मौलिक लोक तथा दोहोरी गीत गाउन रुचाउने शारदा पछिल्लो समय अझ बढी सक्रिय छिन् गीत संगीतमा।

त्यसो त,मौलिक गीत ‘”गैरी गावैमा” पनि दिनेश श्रेष्ठसंग सहकार्य गरेर बजारमा ल्याएकी थिइन् शारदाले। यसैबीच, सहकार्यलाई निरन्तरता दिँदै नयाँ गीत बजारमा ल्याएकी छिन् ।

Public Patra Insert into Post

केहि दिन अगाडि दिल रानी बोलको नयाँ गीत शारदाले रिलिज गरेकी हुन् । गीतमा दिनेश श्रेष्ठ र शारदा रसाईलीको आवाज सुन्न सकिन्छ। गीतको शब्द अनि संगीत दिनेश श्रेष्ठ कै हो। सुन्दा मौलिक लाग्ने गीतमा दिनेश र शारदाको गायिकी मेलोडियस लाग्छ।

उक्त गितमा दिनेश श्रेष्ठको सङ्गीत रहेको छ भने एरेन्ज  नारायण दङ्गालको रहेको छ। गितलाइ मालाश्री  रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा रिदम श्रेष्ठ,श्रिजना श्रेष्ठ लगायतका कलाकार हरु फिचर्ड छन् ।

भिडियोलाई नबिन श्रेष्ठले निर्देशन गरेका  भिडियोलाई आकर्षक फ्रेममा रोनिश तामाङले खिचेका छन् । भिडियोलाई चेतन सामतले सम्पादन गरेका हुन् ।

गीतको भिडियो दिनेश श्रेष्ठको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2