माया खोला हाइड्रोपावरकोे आइपिओ बाँडफाँट,पर्यो कि परेन ,यसरी हेर्नुहोस् नतिजा

 माघ २६, २०७

माया खोला हाइड्रोपावरकोे आइपिओ आज (बिहीबार) बिहान बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएकाे बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

Public Patra Insert into Post

उक्त आइपीओमा कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकोमा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो।

सो मध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्कासन गरिसकेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीकोे वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2