आज बिहीबार फेरि ह्वात्तै बड्यो सुनको मुल्य!आज कतिमा हुँदैछ किनबेच?

 माघ २६, २०७

नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य बढेको छ।

गत कारोबार दिन अर्थात् बुधबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो।

Public Patra Insert into Post

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2