राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले छाडे मन्त्री क्वार्टर

 माघ २६, २०७

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छन्।

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले मन्त्री क्वार्टर छाडेका हुन्।

Public Patra Insert into Post

लामिछाने र अर्यालले मंगलबार क्वार्टर छाडेका थिए भने खनालले बुधबार छाडेका हुन्। पूर्वस्‍वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की भने मन्त्री क्वार्टरमा सरेकी थिइनन्।

गत आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने गरी आफ्ना  मन्त्रीहरूलाई भने फिर्ता बोलाउने निर्णय गरेको थियो।

सोही दिन तत्कालीन मन्त्रीहरू अर्याल, खनाल र कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2