प्रधानमन्त्री दाहाल र ओलीबीच सिंहदरबारमा भेटवार्ता

 माघ २६, २०७

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । सिंहदरवारमा भइरहेको भेटवार्तामा राष्ट्रपतिको विषयमा स्पष्ट हुँदै सत्तारुढ गठबन्धनभित्रको अश्विास हटाउने विषयमा छलफल भइरहेको छ ।

आगामी २५ मा फागुनमा हुने राष्ट्रपतिको निर्वाचन र उम्मेदवारको विषयले सत्तारुढ दलभित्र अविश्वास पैदा भएको छ  । कांग्रेसले राष्ट्रपतिमा आकांक्षा देखाएको र प्रधानमन्त्री प्रचचण्डले समर्थन गर्न लागेको विषयले प्रमुख सत्ता साझेदार एमाले संशंकित हुँदै आएको छ ।

Public Patra Insert into Post

यही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटवार्ता  केही दिनयता बाक्लिएको छ । साथै बिहीबार नै सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तयारी छ । संयन्त्रको बैठकअघि प्रधानमन्त्री र प्रचण्डबीच छलफल भएको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2