पालिका स्तरीय महिला संजाल समितीद्वारा आयोजित ५ दिने भाषण,उद्घोषण तथा उद्यमशिलता तालिम सम्पन्न

 माघ २६, २०७

पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय महिला संजाल समितीद्वारा आयोजित भाषण, उद्घोषण तथा उद्यमशिलता (साबुन बनाउने )तालिमको आज समापन गरिएको छ । थाङपालकोटमा आयोजित ५ दिने तालिममा साबुन बनाउने तथा भाषण, उद्घोषण तालिममा ५९ जना सहभागी रहेका थिए । सहभागीलाई उद्यम साबुन बनाउनेतर्फ डोल्मा तामाङ र गंगा अर्याल खड्का तथा भाषण, उद्घोषण तालिमको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती र संस्थापक अध्यक्ष सरोज ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो ।No description available.

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले तालिममा सिकेका कुरा व्यवहारमा उतारेर उद्यमी बन्न आग्रह गर्नुभयो । उहाँले थप तालिमका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु सुके तामाङ, ङिमा छिरिङ तामाङ, पुर्व प्रसासकिय अधिकृत रामप्रसाद न्यौपाने, उद्यम शाखाका प्रमुख दिपेन्द्र पौडेल, महिला बालबालिका शाखाका प्रमुख सारदा उप्रेती, गाउँपालिका सल्लाहकार शिशिर वाइबा, एमाले नेता निर्मल बञ्जरा, कार्यपालिका सदस्य कल्पना पण्डित खनाल लगायतले तालिमको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

Public Patra Insert into Post

ञ्जालकी अध्यक्ष माला तामाङले महिलाको क्षेत्रमा पालिकाले अझँै सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भाषणमा मात्र महिला अधिकार सिमित हुन नहुने उहाँको भनाइ थियो । तालिममा सहभागी भोटेनाम्लाङकी बुदमाया गिरिले यो तालिमले आफुहरुको आत्मविश्वास बढेको बताउदै अझैँ तालिम तथा सहयोगको अपेक्षा गर्नुभयो ।No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2