टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो,मृतकको संख्या अझै बढ्न सक्ने

 माघ २७, २०७

काठमाडौं : भूकम्पमा परी टर्की र सिरियामा ज्यान गुमाउनेहरूको संख्या २० हजार नाघेको छ।

टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १७ हजार ६ सय पुगेको त्यहाँको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ। भूकम्पका कारण सिरियामा ३ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। हजारौँ घाइते छन्। लाखौँ मानिस घरबारविहीन बनेका छन्।

Public Patra Insert into Post

उद्धारकहरूले भूकम्पमा परेकाहरूको खोजी र उद्धार गरिरहेकै छन् । सहायताकर्मी खोजी र उद्धार कार्यमा चौथो दिन पनि टोलीहरू परिचालित छन्। घाइते र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ।

भूकम्प प्रभावितहरूको उद्धार र राहतमा ढिलाइ भएको भन्दै आलोचना भइरहँदा टर्कीका राष्ट्रपति तैयप इर्दोआन प्रभावित क्षेत्र पुगेका छन्। हिउँदको चिसो, भोकमरी र निराशाले यति बेला टर्की र सिरियाका लाखौँ मानिसहरू थप पिडामा छन्।वर्षा र हिमपातले उद्धारमा थप समस्या देखिएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2