आजको मौसम : पहाडमा आंशिकदेखि सामान्य बदली,हिमालमा हल्का हिमपातको सम्भावना

 माघ २८, २०७

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Public Patra Insert into Post

यस्तै तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। एक-दुई स्थानहरूमा लागेको हुस्सु मध्यान्न सम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2