स्वास्थ्यकर्मी माथि हातपात गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने ट्रमा सेन्टरको माग

 माघ २८, २०७

काठमाडौँ — राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलाई हातपात गर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष संलग्न प्रहरी कर्मचारीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरिएको छ ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ममता भट्टराई कोइरालाले शुक्रबार विज्ञप्ति निकालेर उक्त घटनाको घोर भर्त्सना गर्दै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’को व्यवस्थाअनुसार कानुनी कारबाही गरिनुपर्ने बताइन् ।

Public Patra Insert into Post

अस्पतालको नियमित ड्युटीको अपरेसनपश्चात् निस्कने क्रममा नेपाल प्रहरीले परियचपत्र खोसी हातपात गर्दा डा. सिंहको टाउकोमा गम्भीर चोट लागेको थियो । कोइरालाका अनुसार निज चिकित्सकको हाल ट्रमा सेन्टरको आईसीयुमा उपचार भइरहेको छ ।

संघले २४ घण्टाभित्र दोषमाथि कानुनी कारबाही नगरिएको अवस्थामा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2