मेलम्ची नगर अस्पतालमा निशुल्क बृहत एकीकृत शिविर सम्पन्न

 माघ २८, २०७

मेलम्ची नगर अस्पतालमा निशुल्क बृहत एकीकृत शिविर सम्पन्न भएको छ । स्वास्थ्य, कृषि, पशु, आयुर्वेदिक, सामाजिक सुरक्षा सम्बन्धी एक दिने शिविर बाट स्वास्थ्य तर्फ २६२ जनाले सेवा लिएका छन् ।

जसमा सामान्य चिकित्सा ९७ जना, स्त्री रोग ५७ जना,दाँत सम्बन्धी रोग भएका ८९ जना आँखा सम्बन्धी १९१ जनाले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

शिविरमा कृषितर्फ ४९, आयुर्वेदतर्फ १६० र पशुतर्फ १८६ जनाले सेवा लिएको घोरासैनीले जानकारी दिनुभयो । आज भएको शिविरबाट ४८ जनाको दाँत निकालेको , १७ जनाको मोतियाविन्दु छनोट, १३३ जनालाई चस्मा वितरण गरिएकोे घारासैनीले बताउनभयो ।

शंखरापुर अस्पतालका प्रमुख डा. रमेश ढकालको नेतृत्वमा १६ जना स्वास्थ्यकर्मीको सहयोगमा शिविर सम्पन्न सञ्चालन गरिएको हो । गाउँघरमै एकिकृत शिविर सञ्चालन भई लाभलिन पाएपछि स्थानियले खुशि ब्यक्त गरेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2