ज्योति भञ्ज्याङ् आ वि को ३९ औँ वार्षिकोत्सव तथा १९ औँ अभिभावक दिवस समपन्न

 माघ २८, २०७

मेलम्ची / मेलम्ची नगरपालिका  स्थित श्री ज्योति भञ्ज्याङ् आधारभुत विद्यालयको ३९ औँ वार्षिकोत्सव तथा १९ औँ अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिकाले सबै विद्यालयमा शिक्षकको पठनपाठन तथा क्रियाकलाप हरुको अनुगमन गरी शिक्षकको निरानी गरिने बताउनुभयो ।

उहाँले शिक्षक लाई तालिमको ब्यबस्था मिलाउने उल्लेख गर्दे कमजोरहरुलाई सहजिकरणको लागि दक्ष शिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख तामाङले दिवा खाजालाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट ८ सम्मका विद्यार्थीलाई खाजा उपलब्ध गराएको समेत उल्लेख गर्नुभयो ।

Public Patra Insert into Post

उहाँले कुनै समुदायमा ५० भन्दा बढी घरधुरि छन् भने त्यहाँ आवश्यकताको आधारमा नगरपालिकाले सामुदायिक भवन बनाइदिने बताउनुभयो । त्यहाँ विवाह व्रतबन्ध लगायतका कार्य गर्न सकिने उहाँको भनाई छ । प्रमुङले विद्यालय करेसाबारी सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले अभिभावकहरुलाई उद्यमी बन्न आग्रह गर्दै नगरपालिकाले उद्यमी बनाउनका लागी विभिन्न कार्यक्रम अगाडी सारेको समेत बताउनुभयो ।

कार्यक्रममा विद्यालयले सञ्चालन गरेको “मेरो जन्मदिन मनाउँछु ज्योति भञ्ज्याङ् आधारभूत विद्यालय सँग” भन्ने कार्यक्रममा विद्यार्थी, अभिभावक तथा अन्य व्यक्तिबाट चन्दा बाकसमा जम्मा भएको रकम १५ हजार ४ सय ४५ मा नगर प्रमुख आइतमान तामाङकि धर्म पत्नी जुना तामाङले सो कार्यक्रममा सामेल भई १६ हजार सहयोग गर्नुभएको थियो ।साथै कार्यक्रममा लामो समय सम्म प्रधानाध्यापक भई अवकाश लिनु भएको भरत यादव ,शिक्षक नवीन श्रेष्ठ र अनिता सुवेदी लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य श्रीकृष्ण श्रेष्ठ लगायतले आफ्नो भनाई राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर दोङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक धिरज श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । वार्षिक उत्सवको अवसरमा विद्यालयमा विभिन्न व्यक्ति, पूर्व प्रधानाध्यापक,शिक्षक लगायतलाई सम्मान गरिएको थियो । बिद्यालयका विद्यार्थीहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2