शिक्षक-विद्यार्थी संमन्वय समितिको आयोजनामा एक हप्ते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

 माघ २८, २०७

बिष्णु गाेराथाेकी माघ २८ दाङ –पद्माेदय क्याम्पस शिक्षक-विद्यार्थी संमन्वय समितिको आयोजनामा एक हप्ते वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ ।

क्याम्पसले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने र विद्यार्थिको नेतृत्व गर्न सक्ने क्षमतामा विकास गर्ने उदेश्यले सन्चालन भएको बित्तिय साक्षरता कार्यक्रममा घाेराहीका प्लस टु सञ्चालन भएमा सात वटा बिद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । पद्माेदय पब्लिक नमुना मा.बि भरतपुरबाट सञ्चालन भएको कार्यक्रममा शिक्षक निश्चल अाचार्यले कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियाे ।

Public Patra Insert into Post

कार्यक्रममा व्यवस्थापन र बिज्ञान सङ्काय तर्फका जम्मा १९३ जनाकाे सहभागीता रहेकाे थियाे । दाेस्राे दिन राेमन अधिकारि र मदन खनालकाे स्वागत मन्तव्य बाट सुरुभएकाे कार्यक्रममा रझेना माबिका व्यवस्थापन र बिज्ञान सङ्काय तर्फ जम्मा १०५ जना सहित शिक्षक पदम अाचार्य र भेषराज भण्डारी रहनुभएकाे थियाे । तेस्रो दिन रमेश घिमिरे र किरण पौडेल काे मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा माउन्ट भ्युका १२८ जना बिद्यार्थी सहभागी रहेका थिए ।No description available.

चौथो दिन श्रि मा बि डाडागाउ गाेग्लिमा सम्पन्न भएको कार्यक्रममा ३९ जना बिद्यार्थी सहभागी रहेका थिए , उक्त कार्यक्रमकाे स्वागत मन्तव्य अजय शर्माले राख्नुभएको थियाे , यसैगरी श्रि गङ्गा माबि रामपुरमा सम्पन्न भएको कार्यक्रममा ४० जना बिद्यार्थी सहभागी रहेका थिए ।। पाँचौ दिन माबि जजरागाउँ का प्र अ. बिप्लप अधिकारीकाे स्वागत मन्तव्य बाट सुरुभएकाे कार्यक्रममा शिक्षा र व्यवस्थापन संकायका ४६ जान सहयोगी रहेका थिए, कृष्ण कुमार न्यौपाने र ध्रुव अधिकारीकाे उपस्थितिमा शिक्षक मेधराज अधिकारी, टङ्क प्रशाद पौडेल र रिमा गौतमले कार्यक्रमकाे समिक्षा गर्नुभएको थियाे ।

छैठौं दिन जनज्योति बिद्यामन्दिरमा सम्पन्न भएको कार्यक्रममा व्यवस्थापन र बिज्ञान सङ्काय तर्फका जम्मा २२ जना बिद्यार्थीकाे सहभागिता रहेकाे थियाे । अन्तिम सातौं दिन कार्यक्रमकाे समिक्षा गरि समापन गरिएको थियाे ।शिक्षक विद्यार्थी समन्वय समितिले यस क्याम्पसको वृद्धि र बिकासमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुको साथै क्याम्पसबाट सञ्चालित सम्पुर्ण कार्यक्रम को आयोजना गर्दै आएको छ। यस समितिले विद्यार्थी र शिक्षक बिच संमन्वय गर्न पनि सहज तुल्याएको छ।

बिद्यार्थीहरुले पढेका कुरालाई व्याबहारिक रुप दिन नसक्ने र धेरै त्रुटि गरिरहने भएकोले क्याम्पस समितिले बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेकाे थिए । कार्यक्रममा समितिका अध्यक्ष बिष्णु गाेराथाेकी, सचिव नारायण न्यौपाने , सह-सचिव दिपक पाण्डे, र टङ्क डांगीले बित्तीय साक्षरताकाे प्रशिक्षण दिनुभएको थियाे भने काेषाध्यक्ष उर्मिला वलि र सदस्यहरु सुस्मिता चौधरी, निर्मला कालाथाेकी, अस्मिता भण्डारी, शिल्पा केसि र शिरीष रेग्मीले साप्ताहिक बित्तीय साक्षरता कार्यक्रमकाे सञ्चालन गर्नु भएको थियाे ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2