मेलम्ची ब्याडमिन्टन एकेडेमीको प्रथम साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्नःअध्यक्षमा कुमार सापकोटा

 माघ २८, २०७

मेलम्ची ब्याडमिन्टन एकेडेमीको प्रथम साधारण सभा तथा वनभोज कार्यक्रम मेलम्ची नगरपालिकाको पर्यटकिय स्थल धौलेमा सम्पन्न भएको छ । साधारण सभाले कुमार सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत चयन गरेको निर्वाचन मण्डलका संयोजक रोशन तिवारीले जानकारी दिनुभयो ।

समितिमा दिपराज तामाङ उपाध्यक्ष,ऋषिराम नेपाल सचिव, श्याममणी गौतम सहसचिव, दिपेन्द्र दुलाल कोषाध्यक्ष र सहकोषाध्यक्षमा राजु सापकोटा सर्वसम्बत चयन हुनुभएको तिवारीले जानकारी दिनुभयो । सदस्यहरुमा क्रान्ती तामाङ, सन्तोष कोइराला र किसन दुलाल रहनुभएको छ ।

Public Patra Insert into Post

त्यस्तै साधारण सभाबाट लेखा समिति संयोजकमा सिताराम दुलाल सदस्यहरुमा सुरेन श्रेष्ठ र सुर्दशन दुलाल चयन हुनुभएको छ । त्यस्तै सल्लाहकार परिषद्मा सिपि दुलालको संयोजकत्वमा महेन्द्र सापकोटा, नारायणलाल श्रेष्ठ, राजनमान श्रेष्ठ,तारा बानियाँ, भिमशेन डंगोल, महाविर श्रेष्ठ, रामकृष्ण श्रेष्ठ र श्याम खड्का चयन गरिएको तिवारीले जानकारी दिनुभयो । त्यस्तै एकेडेमिको संरक्षणमा मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा नम्बर ११का वडा अध्यक्ष रहनु भएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2