श्रमिकसंग दाजुभाईको सम्बन्ध – सभापति श्रेष्ठ

 माघ २८, २०७

ललितपुर,२८ । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले श्रमिकहरुसंग दाजुभाईको जस्तै सम्बन्ध रहेको बताउनु भएको छ ।

नेपाल इम्ब्रोईडरी हस्तकला तथा सिलाई बुनाई श्रमिक संघ ललितपुर जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुदै यस्तो बताउनु भएको हो । सभापति श्रेष्ठले आफू सम्पन्न परिवारमा जन्मेको भए पनि तेह्र वर्षको उमेरदेखी साइकलमा मोजा बेचेको स्मरण गराउनु हुँदै आफुले संचालन गर्दै आएको उद्योगको श्रमिकहरुसंग दाजुभाईको जस्तै सम्बन्ध रहेको बताउनुभयो ।

Public Patra Insert into Post

श्रेष्ठले श्रमिकका हरेक समस्यामा ललितपुर कांग्रेसको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष अजय कुमार राईले ट्रेड युनियन कांग्रेसले लामो समयदेखी अनौपचारीक क्षेत्रका श्रमिकहरुकालागि सामाजीक सुरक्षा माग गर्दै आएकोमा आउदो बैशाख देखी पाइलट प्रोजेक्टका रुपमा केही पालिकाहरुमा सो कार्यक्रम शुरु गर्न लागेको बताउनुभयो ।

उदघाटन कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष तेज प्रसाद रिजालले अहिले द्रुत गतिमा संगठन विस्तार भईरहेको र त्यसकालागी जिल्ला समितीहरुले पनि विधान अनुसार सबै पालिका तथा वडा हरुमा संगठन विस्तार गर्दै संघमा सदस्यता थप गर्नु पर्ने बताउनु भयो ।

यसैगरी नेपाल ट्रेड युनियन कांग्रेस लालितपुर जिल्ला अध्यक्ष कमल कुमार विष्टले हाम्रो महासंघमा ब्लु र व्हाईट कलर दुई प्रकृतिका श्रमिकहरुको युनियन रहेकोेले अब ट्रेड युनियन कांग्रेसको महाधिवेशनबाट सबै संरचनाहरुमा ब्लु वर्करहरुका तर्फबाट पनि नितीगत निकायहरुमा सार्थक प्रतिनिधित्व हुनुपर्ने बताउनु हुँदै ब्लु वर्करहरुको नितीगत निकायहरुमा प्रतिनिधीत्व भए मात्र नेपालको श्रमिक आन्दोलन बलियो हुने विचार राख्नुभयो ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्यद्धय सन्जय कुमार दाहाल , कुल बहादुर खडका , युवा समिती महिला उपाध्यक्ष दुर्गा भण्डारी , युनिप्रेस केन्द्रिय उपमहासचिव सुदिप बुढाथोकि लगायतले समेत शुभकामना मन्तव्य दिनु भएको थियो । संघको पाँचौ ललितपुर जिल्ला अधिवेशनले तारा खतिवडालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2