मेरो भ्वाइस युनिभर्सको उपाधि प्रितमलाई, मेरो डान्स युनिभर्सको उपाधि खुसीलाई

 भदौ ०३, २०८०

काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ अन्तिम प्रतिष्पर्धामा थाइल्यान्डकी खुसी कार्की र सिक्किमका प्रितम राई विजेता बनेका छन् ।

कार्की मेरो डान्स युनिभर्सतर्फ र राई मेरो भ्वाइस युनिभर्सतर्फको विजेता बनेका हुन् । योसँगै विजेता कार्की र राईले १–१ करोड राशीको पुरस्कार समेत हात पारेका छन् ।

Public Patra Insert into Post

शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा आयोजित यी दुई प्रतियोगितामा विजेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गरेका थिए ।

मेरो भ्वाइस युनिभर्स फर्स्ट रनर अप बनेका सिक्किमका शिशिर ठटालले रु ३० लाख र सेकेन्ड रनर अप काभ्रेका शरद् हुमागाईँले रु २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी मेरो डान्स युनिभर्सका फर्स्ट रनर अप बनेकी देवी गर्वुजा मगरले रु ३० लाख र सेकेन्ड रनर अप भएका मिङ्मा डी लेप्चाले रु २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गरेका छन् । यस्तै, कल्चरल ग्रुप डान्सको विजेता नेपाल पुलिस बनेको छ । विजेता नेपाल पुलिस टिमले २० लाख प्राप्त गर्यो ।

गोदाबरीस्थित सनराईज सम्मेलन केन्द्रमा भएको कार्यक्रममा दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न प्रतिस्पर्धा गरेका थिए । विजयी कलाकारहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेसहित अन्य अतिथिहरुले पुरस्कार प्रदान गर्नुभएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2