दशैँ उहिले र अहिले

 कार्तिक ०७, २०८०

उहिले दशैँ भन्ने बित्तिकै मनमा अर्कै तरंग उत्पन्न हुन्थ्यो १ निस्फिक्री , घुम्ने, खेल्ने र रमाउने दिनहरू भनेकै दशैँ होजस्तो लाग्थ्यो। निलो आकाश, घमाइलो दिनहरू, न जाडो , न गर्मी, जता गए पनि, जहाँ घुमे पनि निस्फिक्री र आनन्द थियो। बारीका कालनाहरुमा कुद्दै खन्यु, नासपाती, अम्बा र बेलौती, रूखहरू चहारेर पेट भर्दाका ति क्षणहरू अहिलेका काहाबाट पाउनु? लुकी लुकी खेल्ने खोपी, डन्डीबियो , लुडो, गुडाउने पाइप, पिङ्ग आदिले भरेको थियो हाम्रो उसबेलाको दशैँ १ अनि पो बल्ल दशैँ आउनुको मज्जा अर्कै हुन्थ्यो हुन्थ्यो ।

दशैँको बेलामा स्कुल पोत्न भनेर सबै बिद्यार्थी स्कुलबाट कमेरो लिन जादाका क्षणहरू, सबैले मिलेर कक्षाकोठा लिपेका पलहरूले नशा( नशा भरि दिन्थ्यो दशैँको उमंगले। स्कुल वरिपरिका बाटाहरू परसम्म सफा गथ्र्यौँ, घरसम्म आउने बाटाहरू पनि छिमेकीहरू मिलेर सफा गथ्र्यौँ घर लिप्थ्यौ कमेरो माटोले, रातो माटोले, अनि सबै भन्दा तल्लो भाग ब्याट्रीको धुलोको कालो रंग ले। सबैका घर पोतिन्थे, सफा सुग्घर गराइन्थे, जता गए पनि दशैँको रौनक नै अर्कै हुन्थ्यो।

Public Patra Insert into Post

त्यसबेला आउने दशैँ कहिल्यै एक्लै आएन, उसलाई स्वागत गर्न गाउँ भरि बाटाहरू सफा गरिन्थे, लाहुरेहरू भरिया कसेर टेपरेकर्ड घन्काउँदै आउथेँ, नयाँ नयाँ लुगामा सजिएर कोट र मन्दिरमा जानेहरूको घुइँचो हुन्थ्यो, पञ्चवलि दिनेहरू, भाकल गर्नेहरू कसैमा जहाँ भए पनि घर आइपुग्थे। अनि पो बल्ल दशैँ आउथ्यो।

ति दशैँ साँच्चिकै दशैँ थिए, नयाँ कपडा लगाउने , मिठो खाने , रमाइलो गर्ने , मावल जाने , दक्षिणा जम्मा गर्ने र जम्मा गरेको पैसाले गुलेली किन्ने हो कि , रबर को चुंगी किन्ने हो कि, गुच्चा किन्ने हो कि? खुत्रुकेमा खसाल्ने हो कि ? कुनै नोट पुरानो भए कुन जुक्तिले नयाँ सँग साट्ने होला?, आफू भन्दा ठुलाबडालाई गन्न दिने होकी ? गन्दा गन्दै फेरी कतै पैसै हराउने पो हो कि ? के के हो के के ? नयाँ कमिज र पेन्ट लगाएर छिमेकी साथीहरूलाई देखाउन गएको हिजो जस्तो लाग्छ, तर समयले कहाँ पुर्याई सक्यो हामीलाई। सम्झिँदा पनि ति बाल्यकालका कुराहरू कति हर्षित हुन्छ यो मन आजकल

आजकल आउने दशैँ त कति निरस छ, न उमंग छ, न जोस नै। मात्र सनातन प्रक्रिया जस्तो लाग्छ। मन भरि एउटा अत्यासको हुरी बोकेर आउँछ दशैँ आजकल। एउटा मात्र चिन्ता स् यो दशैँ भरमा अब कति जना सँग ठगिनु छ, जानी जानी कति जनाले आफ्नै अगाडि आफैलाई उल्लू बनाउने हुन्१ घर जाने र आउने बसको टिकट किन्दा होस् या समान किन्दा कति ठग्ने हुन्१ आफू त निरिह बनेर सहनु को विकल्प हुदैन ।

मन भरि आफू ठगिएका अनगिन्ती पिडा बोकेर दशैँमा घर जानु पर्छ , अनि त्यही पिडा बोकेर घर पुगेर फेरी यहाँ कसरी आइपुग्ने होला भने चिन्ताले नै दशैँको आधा खुसी खोसिदिन्छ आजकल। आजकालको दशैँमा त अभावै अभाव छ, पैसाको अभाव , जेनतेन पैसा जुट्यायो, किन्न चाहेको बस्तुको अभाव, अनि अभावमै यता उति गरेर किन्यो, किने पछि आउने आनन्दको पनि अभाव १

अहिलेका दशैँ पहिलेका दशैँ जस्तो रमाइला लाग्दैनन्। के बदलिएको हो कुन्नि ? दशैँ बदलिएको हो कि ? हामी बदलिएका हौ कि ? या समय नै ? तलबको परिमाण बढ्यो, किनिने बस्तुको परिमाण बढ्यो, खर्चको परिमाण बढ्यो दशैँमा तर खुसी र रमाइलोको परिमाण बढ्न सकेन १ खोइ किन हो कुन्नि ? किन किन यो मनले उनै पुराना दशैँ खोज्छ१ जमरा कसरी पहेला हुन्छन भन्दै दङ्ग परेको, दशैँको दुइज हेर्न पर्छ भन्दै डाँडातिर गएको, काल रात्रिको पूजा गरेको, अनि नवमीका दिन नयाँ कपडा र नयाँ जुत्ता लगाएर कोटरमन्दिर गएका दिनहरू यो मानसपटलमा कहिल्यै नपुरिने गरि कुदिएका छन्।

आफू भन्दा ठूलाहरू बाट भनिने देवी भगवतीका कथाहरूले, शुम्भ निशुम्भ कथाहरूले दशैँलाई अर्कै थ्रिलर मुभी जस्तै बनाइदिन्थ्यो। विशेष बाजागाजा सहित ठूला ठूला तरवारहरुको कौशल पूर्ण सरागे नाचले बाल मस्तिष्कमा अलौकिक झंकार दिन्थ्यो। दशैँमा टिका लगाउँदा पाइने आशीर्वादमा साची नै पुरा हुन्छन जस्तो लाग्थ्यो। कस्तो अलौकिक आनन्दमय थियो उसबेलाको दशैँ १ आजकल पनि दशैँ उस्तै छ, सनातन परम्परा उस्तै छ, पारिवारिक जमघट पनि उस्तै छ , टिका जमरा पनि उस्तै छ, नयाँ लगाउने र मिठो खाने भन्ने चलन पनि उस्तै छ, मात्र छैन त्यस बेलाको जस्तो थ्रिलर, त्यस बेलाको जस्तो रमाइलो, आनन्द र खुशी।

फर्केर जान मिल्ने भए फेरी जान हुन्थ्यो तिनै दशैँमा अनि तिनै दिनहरूमा, तिनै खुसियालीमा अनि तिनै पलहरूमा १ तर भाग्यको खेलले लखेट्दै आज फेरी ल्याई पुर्याएको छ रङ्ग हीन उमङ्गहीन दशैँमा जहाँ बिदा पनि छ, पैसा पनि छ अनि पारिवारिक भेटघाट पनि छ , साथीभाइसितै जमघट पनि छ मात्र छैन त्यो पुरानो उहिलेको दशैँको रङ्गिन संसार ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2