एनसेल प्रकरण : छानबिनका लागि सरकारले बनायो समिति

 मङि्सर २१, २०८०

२१ मंसिर काठमाडौं।एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति बनाएको छ।

पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा एनसेल प्रकरण अध्ययन तथा छानबिन समिति गठन भएको हो।

Public Patra Insert into Post

बिहीबार बसेको मन्त्रिरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन्। यो समितिलाई प्रतिवेदन दिन एक महिनाको समय दिइएको छ।

यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठकले एनसेल प्रकरण गहिरो गरी छानबिन गर्न समिति गठन गर्न सरकारलाई सुझाव दिएको थियो।

समितिको सदस्यमा  फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले रहेका छन्। मलेसियाली कम्पनी आजियटाले एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बेलायतमा दर्ता रहेको एक कम्पनीलाई न्यून मूल्यमा बिक्री गरेपछि यस प्रक्रणमा संसदीय समितिहरूले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2