संवादमार्फत समस्या समाधान गर्नुपर्छ – अर्थ मन्त्री महत

 मङि्सर २, २०८०

मङ्सिर २९, काठमाडौ । अर्थ मन्त्री डा. प्रकाश शरण महतले निरन्तर संवादमार्फत ट्रेड युनियन र रोजगारदाताले एकअर्काको समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ ।

उद्योग व्यवसायीको नजरमा आफ्नो समस्या ठुलो लाग्ने, ट्रेड युनियनको नजरमा श्रमिक समस्या ठूलो लाग्ने स्वाभाविक भएकोले दुवैले एकअर्कालाई बुझी अगाडि बढ्नुपर्ने विचार राख्नुभयो । नेपाल ट्रेड युनियन कांग्रेसको विहिबारदेखी शुरू भएको दुई दिने औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्नु हुँदै यस्तो विचार राख्नुभएको हो ।

Public Patra Insert into Post

मन्त्री महतले भन्नुभयो – यातायात , भौतिक पुर्वाधार र उत्पादन सामग्री बाहिरबाट आयात गर्नुपर्दा उत्पादन लागत बढ्छ । लागत बढे पनि उत्पादकत्वमा वृद्धि भएको छैन त्यसकोलागी श्रमिकको क्षमता वृद्धि गर्न आवश्यक छ । उत्पादकत्व वृद्धि भए श्रमिक सेवा सुविधा बढ्छ ।

यसैगरी अब अर्थतन्त्रमा कुनै समस्या नहरेकोले अर्थतन्त्र चलायमान हुने बताउनु हुँदै उद्योगको बाधक ट्रेड युनियन होइन भन्ने सन्देश ट्रेड युनियनहरुले सबैलाई बुझाउन सक्नुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जति बढी श्रम लचकता उति नै सामाजिक सुरक्षा भन्ने मर्मकासाथ श्रम ऎन -२०७४ ल्याएको भएपनि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गराउन रोजगारदाता र सरकार नै बाधक रहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो ” – हामीले सबै श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा परून् भनेर श्रम ऎनमा केही लचकता भएका हौं तर रोजगारदाता सामाजिक सुरक्षा लागू गर्न उदासीन हुने तर श्रम ऎनको केही दफालाई दुरुपयोग गरि श्रमिकलाई दुख दिईरहेको छ ।” यसैगरी सरकार त्रिपक्षीय संयन्त्रलाई भत्काउन कोसिस गरिरहेको कुँवरको जिकिर थियो । उहाँले सामाजिक सुरक्षा कोषको संचालक समितिको बोर्डबाट लाखौं श्रमिकहरु सदस्य रहेको ट्रेड युनियन महासंघहरुलाई बन्चित गराई कुनै आधार नै नभएको ट्रेड युनियन र बैंकका मालिकहरुलाई ल्याएकोप्रति गम्भीर आपत्ति जनाउनुभयो ।

नेपालकालागी जापानका राजदूत किकुता युतकाले कोरोना महामारीपछि जापानमा काम गर्न जाने नेपाली श्रमिकहरुको संख्या वृद्धि हुँदा श्रमिक अभाव भोगिरहेको जापानलाई केहि सहयोग भएपनि नेपालको भविष्यकोलागी आन्तरिक औद्योगिक विकास गरि नेपालमै रोजगारी सृजना गर्नु महत्त्वपूर्ण हुने बताउनुभयो । जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान ( जिलाफ ) का कार्यकारी निर्देशक तोशिरो मोटोबायशीले जिलाफले औद्योगिक सम्बन्ध गोष्ठी, विभिन्न सिपमुलक तालीम र अनौपचारिक बाल स्कुल संचालनमा सहयोग गर्दै आईरहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष जोत्स्ना श्रेष्ठले नयाँ श्रम ऎन आएसंगै श्रम विवाद कम हुँदै गएको उल्लेख गर्नु हुँदै श्रम सम्बन्ध सुमधुर बनाउन श्रम संवादलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि सोलोमान राजवङ्शीले श्रम ऎन कानुन धेरै राम्रो आए पनि कार्यान्वयनमा चुनौती देखिएको बताउनु हुँदै अहिलेको ऎन कानुन ५० प्रतिशत मात्र लागू गरे पनि श्रमिकको अवस्थामा राम्रो हुने विचार राख्नुभयो ।

जिलाफको प्राविधिक सहयोगमा आयोजित दुई दिने गोष्ठीमा नेपालको औद्योगिक सम्बन्धको अवस्था , श्रम नीतिकाबारेमा छलफल हुनुकासाथै जापानको श्रमिक आन्दोलन र औद्योगिक सम्बन्धबारे जानकारी आदानप्रदान हुने ट्रेड युनियन कांग्रेसका उपमहासचिव बलदेव तामाङले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2