वृद्धि गरेको तालिम शुल्क तत्काल फिर्ता गर्न ट्रेड युनियन काँग्रेसको माग

 पुष ०, २०८०

पुष ९, काठमाण्डौं । नेपाल ट्रेड युनियन काँग्रेसले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जानु पूर्व श्रमिकले लिनुपर्ने अभिमुखिकरण तालिमको वृद्धि गरेको शुल्क लगायत विभिन्न श्रमिक विरोधि निर्णयहरु तत्काल फिर्ता लिन माग गरेका छन् ।

युनियले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले लिनुपर्ने अभिमुखिकरण तालिमको शुल्क वृद्धि, कोरिया जाने श्रमिकले एलजीको पोष्टपेड सिम र अनिवार्य अंग्रेजी भाषा उतीर्ण गर्नुपर्ने मन्त्रालयको निर्णयको विरोध गर्दै तत्काल फिर्ता लिन माग गरेको हो ।

Public Patra Insert into Post

No description available.

युनियनका महासचिव अजय कुमार राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“साहुको चर्को व्याज र आफ्नो खेतवारी बन्दकी राखी वैदेशिक रोजगारीमा जान बाध्य युवाहरुलाई सहज बनाउनुको सट्टा पूर्व अभिमुखिकरण तालिम शुल्कमा चार गुणा वृद्धि, कोरियामा जाने श्रमिकले त्यहाँको प्रिपेड सिम चलाउँदा मासिक पाँच सयले पुग्ने ठाउँमा पोस्टपेड सिम चलाउँदा मासिक ४ हजार ८१४ रुपैयाँ पर्ने र थप अंग्रेजी भाषा सिक्न ३०/४० हजार खर्च भार हुने देखिन्छ । सरकारको यस किसिमको निर्णयले नागरिकको घाउमा झनै नुनचुक छर्किएको आभास हामीलाई भएको छ” ।

यसैगरी, नेपाल ट्रेड युनियन काँग्रेसले आफ्ना नागरिकलाई देशभित्र नै मर्यादित रोजगारी सृजना गर्नु समेत राज्यसँग माग गरेका छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2