एआईका कारण विश्वभर ४० प्रतिशत मानिसहरुको जागिर धरापमा

 माघ ०१, २०८०

काठमाडौं । एआईका कारण विश्वभर ४० प्रतिशत मानिसहरुको जागिर धरापमा परेको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेको विश्लेषणअनुसार कृतिम बौद्धिकता (एआई) प्रविधि र एआई टूल्सका कारण संसारभरका ४० प्रतिशत मानिसहरुको जागिर धरापमा परेको हो ।
आईएमएफको विश्लेषणअनुसार सन् २०२४ मा संसारभरका करोडौं मानिसहरुले जागिर गुमाउने देखिएको छ ।

अहिले पनि एआईका कारण विश्वका विभिन्न देशहरुमा जागिर गुमाउनेहरुको संख्या ठूलो छ ।

Public Patra Insert into Post

नेपालमै पनि एआई प्रविधिको विकाससँगै ग्राफिक्स डिजाइनर, अनुवादक लगायतका क्षेत्रमा नागरिकहरुले जागिर गुमाएका छन् । यही स्थिति रहे आगामी वर्ष एआईका कारण जागिर गुमाउनेको सङ्ख्या झनै ठूलो हुने अनुमान गरिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2