आस्मान लोप्चन र रोस्ना लुङबाको खान्दोके सेलो गीत“जाउ हिड लण्डन”सार्वजानिक

 माघ १०, २०८०

काठमाडौं । त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् ।कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।

यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय खान्दोके  सेलो  गायक आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको स्वरमा सझिएको नयाँ खान्दोके सेलो “जाउ हिड लन्डन”  भिडियो सहित सार्वजनिक भएको छ।

Public Patra Insert into Post

खान्दोके सेलो बाट आफ्नो पहिचान स्थापित गर्दै गरेका खान्दोके सेलो गायक आस्मान लोप्चन र रोस्ना लुङबाको नयाँ सांगीतिक कोशेलि“जाउ हिड लन्डन” बजारमा आएको हो ।

“जाउ हिड लन्डन” बोलको गितको गितको शब्द/संगित संकलन गायक लोप्चनले नै  गरेका हुन भने अर्पण  रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको एरेन्ज जोगलाल लामा र मिक्सिङ अर्पण थिङको रहेको छ।

त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ ।भिडियोमा नायिका सुस्मा मोक्तान, गायक आस्मान लोप्चन, मणि तामाङ र कला तामाङ लगायत अन्य कलाकारहरु फिचर्ड छन् ।

गीतको भिडियोमा बुद्ध लामा तितुङको कथा र निर्देशन रहेको छ भने बाबू सेन्चुरीको कोरियोग्राफी रहेको छ। आकर्षक फ्रेममा त्रिलोक लामाले  भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई त्रिलोक लामाले नै सम्पादन गरेका छन् गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ  गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ । उक्त गीतको भिडियोClick Nepal  युट्युब  च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो….

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2