सुनको भाउ आज पनि स्थिर,कतिमा हुँदैछ किनबेच?

 माघ १०, २०८०

१० माघ काठमाडौँ ।बुधबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

Public Patra Insert into Post

सुनको मूल्य स्थिर रहेको आज चौथो दिन हो। आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2