सेक्युरिटी प्रेस प्रकरणमा मुछिएका विकल पौडेल र उनका दाइ सुनिल पौडेल पक्राउ

 माघ १०, २०८०

१० माघ काठमाडौँ । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

यी दुवै जना सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचारमा मुछिएका छन् । अख्तियारको टोलीले मण्डिखाटारस्थित विकल पौडेलको घरमा र शान्तिनगरस्थित सुनिल पौडेलको घरमा छापा मारेको छ ।

Public Patra Insert into Post

पौडेलद्वयविरुद्ध अख्तियारले यसअघि नै भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

२०८० असोज १५ मा सुनील पौडेललगायत व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो भने २०८० वैशाखमा विकल पौडेललगायत विरुद्ध करिब ७० करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2