रुसको राष्ट्रपतिमा पुटिन पुन: निर्वाचित

 चैत ०५, २०८०

काठमाडौं । भ्लादिमिर पुटिन पुन: राष्ट्रपतिमा निर्वाचित भएका छन् । यद्यपी उनी विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी छ । तीनजना प्रतिस्पर्धीलाई पराजित गर्दै पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

लगातातर चुनाव जित्दै आएका पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता भएका छन् ।

Public Patra Insert into Post

उनी विगत ३ दशकदेखि सत्ता र शक्तिमा रहदै आएका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार पुटिनले ८७ प्रतिशत मत प्राप्त गरेका छन् ।

रुसको इतिहासमै पुटिन सबैभन्दा धेरै मत प्राप्त गर्ने नेता बनेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2