सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

 बैशाख ०५, २०८१

बजारमा आज सुनको मूल्य स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

Public Patra Insert into Post

अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।

आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2