एसीसी प्रिमियर कप : समूह चरणको सबै खेलमा नेपालकाे जित

 बैशाख ०५, २०८१

काठमाडौँ। साविक विजेता नेपालले एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको सबै खेलमा जित हासिल गरेको छ।

बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेकाे हाे।

Public Patra Insert into Post

यता, नेपालसँग ६ विकेटले पराजित हुँदै साउदी भने प्रतियोगिताबाट बाहिरिएको छ।

साउदीले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी रहँदा ४ विकेट गुमाएर ७५ रन बनायो।

नेपालका गुल्शनकुमार झाले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए। १९ बल खेलेा उनले २ चौका र २ छक्का प्रहार गरे।

दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउँदा कप्तान रोहितकुमार पौडेल १६ रनमा अविजित रहे। नेपालका अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

साउदीका इश्तियाक अहमदले सर्वाधिक २ विकेट लिए। उस्मान नजिब र वाजी उल हसनको नाममा १/१ विकेट रह्यो।

त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ २) ओमानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए।

ब्याटिङमा उत्रिएको साउदीले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनायो।

साउदीका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। १६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।

अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका करण केसी र अविनाश बोहराले २/२ विकेट लिए। ललितनारायण राजवंशी र प्रतिश जीसीको नाममा १/१ विकेट रह्यो।

नेपालले समूह ‘बी’ मा शतप्रतिशत जित हासिल गर्दै ८ अंक जोड्यो। साउदीले ४ खेलबाट २ अंकमात्रै जोड्न सक्यो। साउदीले अन्तिम खेलमा नेपाललाई पराजित गरेको भए समूह उपविजेता बनेर सेमिफाइनल पुग्ने समीकरण तय भएको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2