एकल जातीय चिन्तनबाट नेपालको शासन चलिरहेको छः राजेन्द्र महतो

 बैशाख ०५, २०८१

पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तनबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्क विमोचन समारोहमा उनले यस्तो बताएका हुन् ।

Public Patra Insert into Post

उनले अधिकार र पहिचान मेटाइदिने काम राम्रो नभएको बताए । उनले पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरूले साझा नेपाल बनाउन नसकेको बताए ।

उनले १०४ वर्षे जहाँनिया शासन, त्यसपछि वंशीय शासन र २०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय शासन सत्ता मात्रै सञ्चालन भइरहेको बताए ।

नेता महतोले सबैको भाषा, संस्कृति र भेषभुषाको मान्यता हुनुपर्ने बताए । उनले देश एकल चिन्तन सोचबाट चल्न नसक्ने बताए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2