सुहाङलाई जिताउनुस्, विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

 बैशाख ०५, २०८१

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङले चुनाव हारे इलामलाई घाटा हुने बताएका छन् ।

इलामको मङ्गलबारे बजारमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले भने, ‘यहाँबाट चुनाव हार्ने हो भने सुहाङलाई होइन, इलामलाई घाटा पर्नेछ ।’

Public Patra Insert into Post

एमालेमा युवाको पंक्ति सामेल गर्नका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको ओलीले बताए । ओलीले भने, ‘सुहाङ योग्य उम्मेदवार हुन् । उनलाई सुवास नेम्वाङका छोराको रूपमा मात्र इलाम २ का मतदाताले हेर्ने छैनन् ।’

संविधानमा संघीयता एमालेकै जोडबलमा राखिएको बताउँदै ओलीले पहिचानवादीको लागि एमाले बलियो शक्ति भएको धारणा राखे । ‘किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको स्थान कसले दियो, एमालेले होइन, अनि अहिले एमालेलाई नै उडाउने ?’ ओलीले प्रश्न गरे ।

इलाम क्षेत्र नं २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङ नेम्वाङ विजयी हुनुपर्ने बताउँदै यहाँको विकासको जिम्मा आफूले लिने बताए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2