सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्विप

 बैशाख ०६, २०८१

कोशी प्रदेश सभामा पेश गर्न लागेको संकल्प प्रस्तावको पक्षमा मतदान गर्न नेकपा एमालेले ह्विप जारी गरेको छ।

मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन एमाले र नेकपा माओवादी केन्द्रले फिर्ता लिएको थियो। उक्त समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री कार्कीले राजीनामा दिएका छैनन्।

Public Patra Insert into Post

बिहीबार एमाले र माओवादी केन्द्रले प्रदेश सभामा संकल्प प्रस्ताव पेश गरेका छन्। एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक र समर्थकमा माओवादीका सांसद गणेश उप्रेती र एमालेका सांसद किशोरचन्द्र दुलाल छन्।

उक्त प्रस्तावमाथि शुक्रबारदेखि छलफल हुनेछ।

मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता गरेका दुई दलको कदमलाई चुनौती दिँदै मुख्यमन्त्रीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान नछाडेपछि एमाले र माओवादीले संसदमा संकल्प प्रस्ताव पेस गरेका हुन्।

यसअघि उनीहरूले गत सोमबार प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका थिए।

वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषदका कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने ब्यहोरा प्रस्तावमा उल्लेख छ।

राजीनामा वा विश्वासको मत परीक्षण नभए प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि अगाडि बढ्न उपयुक्त हुने पनि संकल्प प्रस्तावमा उल्लेख गरिएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2