यी चार प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

 बैशाख ०७, २०८१

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Public Patra Insert into Post

दिउँसो कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसाे वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2