सिन्धुपाल्चोक पिस्करमा जन्ती बोकेको बस दुर्घटना,३ जनाको मृत्यु, ५२ जना घाइते

 बैशाख ०७, २०८१

बैशाख ७, सिन्धुपाल्चोक ।शुक्रबार विहान पिस्कर धारवतीमा जन्ती बोकेको सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।

दोलखा क्षमावतीबाट त्रिपुरासुन्दरी गा.पा. ५  धारवतीमा जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्वरको बस  विहान ७ बजेर २० मिनेटमा दूर्घटनामा परेको हो ।

Public Patra Insert into Post

घटनास्थलबाट घाइतेहरुको उद्धार गरी उपचारका लागि अस्पतालतर्फ लैजाने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिनुभएको छ ।

बस अनियन्त्रित भई सडक बाट अन्दाजी १ सय मिटर तल  खसेको छ । भौगोलिक कठिनाईका कारण उद्धार कार्यमा कठिनाई भइरहेको प्रहरीले बताएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2