सत्ता गठबन्धन अविश्वासको बोझले छिट्टै पतन हुन्छः कांग्रेस

 बैशाख ०७, २०८१

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिएका हुन् । उनले गठबन्धनमा रहेका दलहरूबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमबाट स्पष्ट हुने बताए ।

Public Patra Insert into Post

प्रवक्ता महतले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको जिकिर गरे । उनले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताए । उनले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा कांग्रेस सचेत र सजग रहेको बताए । प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताए ।

अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको उनको भनाइ छ ।

एको जिकिर गरे । उनले सत्ता गठबन्धनको निर्देशनमा प्रदेशमा भएको कामले संघीयताप्रति नै निराशा पैदा हुने काम गरेको बताए ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2