सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार?

 बैशाख ०, २०८१

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो। सो दिन सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो।

Public Patra Insert into Post

उक्त मूल्य हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2