सेयर बजारमा दोहोरो अंकको वृद्धि

 बैशाख ०, २०८१

आइतबार सेयर बजार दोहोरो अंकमा बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १२.२९ अंकले नेप्से बढेको हो । सो वृद्धिपछि नेप्से १९८४ अंकमा कायम भएको छ । कुल २ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । कुल १७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ६ को स्थिर रह्यो ।

समग्र बजार बढ्दा बैंकिङ समूहको सूचक भने ३.५६ अंक घट्यो । बैंकहरुले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट लगानीका हिसावले कमजोर देखिएपछि सो समूहको सूचक आइतबार रातो रह्यो ।

Public Patra Insert into Post

माइक्रोफाइनान्स ४६, अन्य १६, होटल २३, जलविद्युत २६, विकास बैंक ८ र वाणिज्य बैंक समूह २ अंकले बढे। उत्पादन र फाइनान्स समूह भने रातो अंकमा रहे। उत्पादन २० र फाइनान्स ३ अंकले घटे। कारोबारका आधारमा स्वदेशी लघुवित्तका लगानीकर्ता अग्रस्थानमा रहे।

यस दिन सो कम्पनीको २ करोड ७५ लाख रुपैयाँको कारोबार भयो। सो कम्पनीका लगानीकर्ता कमाउनेमा पनि अगाडि देखिए। कम्पनीको मूल्य ९. ९ प्रतिशतले बढेर प्रतिकित्ता १७७६ पुगेको छ।

नेसनल लाइफ इन्स्योरेन्सको १ करोड ४८ लाखको कारोबार भयो। नेपाल बैंकको १ करोड ४३ लाखको कारोबार हुँदा सानिमा माइ हाइड्रोको १ करोड ३७ लाखको कारोबार भयो।

सेयर संख्याको आधारमा नेपाल बैंकको कारोबार उच्च रह्यो। मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाए।
सिन्धु विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत गुमाए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2