चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा

 बैशाख १६, २०८१

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ ।  चीनले आगामी मे १ अर्थात् वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशित गर्दै भिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ।

Public Patra Insert into Post

दूतावासले स्ट्यान्डर्ड भिसातर्फ एक्सप्रेस–टू को लागि २ हजार ७ सय र एक्सप्रेस–वान् को लागि ४ हजार रुपैयाँ लाग्ने जनाएको छ। यस्तैगरी ग्रुप भिसामा एक्सप्रेस–टू  का लागि १ हजार ३५० र एक्सप्रेस–वान् का लागि २ हजार रुपैयाँ तिर्नुपर्नेछ। कूटनीतिक भिसा, आधिकारिक भिसा र शिष्टाचार भिसा आवेदनहरूको लागि इमेलमार्फत दूतावासमा सम्पर्क गर्न भनेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2