इलाम-२ मा कांग्रेसको अग्रता

 बैशाख १६, २०८१

इलाम -२ को मतगणनाको पहिलो अपडेट आएको छ । प्राप्त विवरणअनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता बनाएका छन् । खड्काले ६५७ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।

Public Patra Insert into Post

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा एक हजार ५४१ मत खसेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2