दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले

 बैशाख १६, २०८१

दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्।

सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए। सो गाउँमा २५ वटा घर थिए।तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन्।

Public Patra Insert into Post

आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो। आगलागी भएका सबै घर खरले छाइएका थिए। जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन्।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो।

स्थानीयवासीले आगो निभाउने प्रयास गरेपनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2