राष्ट्रियसभामा मनोनीत शाक्यले लिइन् शपथ

 बैशाख १६, २०८१

राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी अन्जान शाक्यले शपथ लिएकी छन्।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार शाक्यलाई शपथग्रहण गराएका हुन्।

Public Patra Insert into Post

शाक्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य नियुक्त गरेका थिए।

सांसद शाक्यलाई सांसदको लोगो हस्तातरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाई दिए। त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उनलाई बधार्ई दिए। शपथ ग्रणगलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

उनले राष्ट्रिय सभाको गरिमा उचाइमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताइन्। एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारीसमेत पाएकी थिइन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2