बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

 बैशाख ३०, २०८१

धनगढी। नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन्। वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा उनले आत्मसर्मपण गरेका हुन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Public Patra Insert into Post

प्रहरीकाअनुसार उनलाई जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ। ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। उनी नेपाल आइडल सिजन २ का विजेता हुन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2