मंगलबार २८.६२ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब नाघ्यो कारोबार

 जेठ ०१, २०८१

मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २८.६२ अंक (१.४३ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०२७ अंकमा पुगेको छ । २२ कम्पनीको मूल्य घट्दा २१९ को बढ्यो भने ३ को स्थिर रह्यो ।

कुल ४ अर्ब ८ करोड करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ३ अर्ब ४० करोडको भएको थियो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । हाइड्रोपावर र माइक्रोफाइनान्स समूह ३ प्रतिशतभन्दा धेरै बढे ।

Public Patra Insert into Post

अंकका आधारमा बैंकिङ २, विकास बैंक ५९, फाइनान्स ६, होटल तथा पर्यटन ४८, हाइड्रोपावर ७६, जीवन बीमा १४१, उत्पादन १६, माइक्रोफाइनान्स १४६, निर्जीवन बीमा १९०, अन्य १७ र व्यापार समूह ०.८४ अंक बढे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । समाज लघुवित्त, उपकार, युनिक नेपाल, जनउत्थान सामुदायिक, मानुसी लघुवित्त र रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लघुवित्तको मूल्य ९.७, बुद्धभूमि हाइड्रोपावरको ८.६, मकरजितुमाया हाइड्रोपावरको ८.१ प्रतिशत मूल्य बढ्यो ।

हिमालय ऊर्जा विकास कम्पनीको ४.६ प्रतिशत, सप्तकोशी विकास बैंकको १.४ प्रतिशत मूल्य घट्यो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2