प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित

 जेठ ०४, २०८१

 प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको छ ।

यस अघि सत्ता पक्ष र विपक्षी दलहरू आ-आफ्नो रणनीति बनाउन व्यस्त रहेका छन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् ।

Public Patra Insert into Post

नेपाली कांग्रेसले भने आफ्नो संसदीय दलको बैठक बसेको छ भने कांग्रेसले संसदमा रहेका विपक्षी दलहरूसँग समेत छलफल गरेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2